स्कुटर चोरीको आरोपमा चारजना पक्राउ

Avatar photo
Dhadingpost
कार्तिक २९, २०७६

धदिङ कार्तिक २९ । धादिङ धुनिबेशी नगरपालिका वडा नं.  ५ पुरन्डीमा चोरीको स्कुटर बेचबिखन भई रहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोलीले स्कुटर चोरीको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डौं १२ बस्ने रोहन महर्जन, जुम्ला आचार्यबाडा ७ बस्ने रमेश शाही, काठमाण्डौं १४ बस्ने सबिन शाक्य र धादिङ धुनिबेशी ५ बस्ने कुमार रेग्मी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।

बरामद गरिएको स्कुटर :
१. हाल बा ५१ प ९१०६ नं. उल्लेख भएको होण्डा कम्पनीको कालो रङको स्कुटर ।
२. हाल बा ८२ प ६०७१ नं. उल्लेख भएको होण्डा कम्पनीको रातो रङको स्कुटर ।
३. हाल बा ६७ प ५८८९ नं. उल्लेख भएको होण्डा कम्पनीको कलेजी रङको स्कुटर ।
४. हाल बा ५५ प २०८४ नं. उल्लेख भएको होण्डा कम्पनीको कालो रङको स्कुटर ।

पक्राउ अभियुक्तहरुको बिबरणः
१, नामः काठमाण्डौं १२ बस्ने बर्ष १५ को रोहन महर्जन
पक्राउ मितिः २०७६-०७-२८ गते
पक्राउ स्थान: जिल्ला धादिङ धुनिबेशी ५ पुरन्डी

२. नामः जुम्ला आचार्यबाडा १५ घर भई हाल काठमाण्डौं १२ टेकु बस्ने बर्ष २१ को रमेश शाही
पक्राउ मितिः २०७६-०७-२८ गते
पक्राउ स्थान: जिल्ला धादिङ धुनिबेशी ५ पुरन्डी ।

३, नामः काठमाण्डौं १४ खसीबजार बस्ने बर्ष १५ को सबिन शाक्य ।
पक्राउ मितिः २०७६-०७-२८ गते
पक्राउ स्थान: जिल्ला धादिङ धुनिबेशी ५ पुरन्डी ।

४, नामः धादिङ धुनिबेशी ५ बस्ने बर्ष ४० को कुमार रेग्मी
पक्राउ मितिः २०७६-०७-२८ गते
पक्राउ स्थान: जिल्ला धादिङ धुनिबेशी ५ स्थित आफ्नै घर ।