
धादिङ कार्तिक २७ । धादिङबेसीमा संचालनमा रहि हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल गणेश हिमाल क्याम्पसका शिक्षक/विद्यार्थीले अति विपन्न र अशाह्य छात्र/छात्रा करिना, पुजा र काजी थापा मगरकाे परिवारलाई सहयाेग प्रदान गरेका छन् ।
धादिङ जिल्ला, नीलकण्ठ नगरपालिका वडा नं १२ का सांकाेष माध्यमिक विद्यालयमामा अध्ययनरत यी विद्यार्थीकाे आमा प्यारलाईसिस भएर एउटै ओछ्यानमन छिन्, भने बुवाले आर्थिक अभावका कारण आत्महत्या गरेका थिए ।
पिडादायी अवस्थाबाट छटपटि रहेका यी विद्यार्थीकाे विषयमा मिडयामा समाचार बनेपछि गणेश हिमालका शिक्षक/विद्यार्थीले आर्थिक सहयाेग गरेका हुन् ।
हामीले सुरुमात्र गरेका हाै अहिले १५ हजार ८७५ रूपैया सहयाेग प्रदान गरेका छाै याे अभियानमा हातेमालाै गराै गणेश हिमाल क्याम्पस प्रमुख ईश्वरी पाण्डेले धादिङपाेष्टलाई बताए ।

