
धादिङ कार्तिक २४ । नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) को काठमाडौंमा जारी सातौ केन्द्रिय महाधिवेशनबाट धादिङबेसी स्थित आँखा अस्पतालका इन्चार्ज रामसिंह तामाङ केन्द्रिय उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
नेपाली काँग्रेस निकट नेपाल स्वास्थ्यकर्मी संघको यस सातौं अधिवेशनबाट धादिङ थाँक्रेका प्रदिप गजुरेल नीजि क्षेत्रबाट केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् भने सहमति हन नसकेको अन्य पदका लागि निर्वाचन जारी रहेको छ, जसमा धादिङबाट केन्द्रिय सदस्य (खुल्ला) तर्फ शिव राना चुनावी मैदानमा रहेको स्वास्थ्यकर्मी सुजन श्रेष्ठले धादिङपोष्टलाई बताए ।
देशभरबाट ५७५ जना प्रतिनीधिहरु सहभागि रहेको संघको यस सातौं महादिवेशनबाट ९२ जनाको कार्य समिति चयन हुने छन् ।

