
काठमाडौं कार्तिक २२ । मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले तय गरेको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया बिहिबार सम्पन्न गरेको हो । कास्की–२ को प्रतिनिधि सभा सदस्य रिक्त पदमा २२ जनाजनाले उम्मेदवारी दर्ता गराए भने, भक्तपुर निर्वाचन क्षेत्र नं. १ को (१) मा रिक्त प्रदेश सभा सदस्य पदमा १९ जना, बागलुङ निर्वाचन क्षेत्र नं. २ को (२) मा रिक्त प्रदेश सभा सदस्य पदमा १० जना र दाङ निर्वाचन क्षेत्र नं. ३ को (२) मा रिक्त प्रदेश सभा सदस्य पदमा १४ जनाले उम्मेदवारी दर्ता गरेको आयोगले जनाएको छ ।
क-कस्को पर्यो उम्मेदवारी ?
कास्की–२ को प्रतिनिधि सभा सदस्य रिक्त पदमा २२ जनाको उम्मेदवारी
कमल जङ्ग (स्वतन्त्र), नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का विद्या भट्टराई, देशभक्त समाजका वीर वहादुर विश्वकर्मा, नेपाली काँग्रेस (बी.पी.) का चन्द्र बहादुर रानाभाट, यज्ञप्रसाद पंगेनी (स्वतन्त्र), साझा पार्टीका रजनी के.सी., राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर राना, जमुना शर्मा (स्वतन्त्र), नेपाली काँग्रेसका खेमराज पौडेल, नेपाल कम्युनिष्ट पार्टी (माले) का टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गनाईजेशनका रियाज गुरुङ, समाजवादी पार्टीका धर्मराज गुरुङ, लक्ष्मी कुमारी भुजेल (स्वतन्त्र), सुनिल भुसाल (स्वतन्त्र), सुनिल बहादुर कोइराला (स्वतन्त्र), उमनाथ गौतम (स्वतन्त्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का श्रीमती गंगा मल्ल, दिपक रेग्मी (स्वतन्त्र), राष्ट्रिय प्रजातन्त्र पार्टीका रोम बहादुर भण्डारी, रन बहादुर दमै (स्वतन्त्र), नवराज वास्तोला (स्वतन्त्र) र पुरुषोत्तम खनाल (स्वतन्त्र) ।
भक्तपुर निर्वाचन क्षेत्र नं. १ को (१) मा रिक्त प्रदेश सभा सदस्य पदमा १९ जनाको उम्मेदवारी
कृष्ण प्रसाद ह्योगो (स्वतन्त्र), जिवन नेपाली (स्वतन्त्र), कृष्णराम पोतामाहा (स्वतन्त्र), साझा पार्टीका सुरज प्रधान, अर्जून कोजु (स्वतन्त्र), उत्तम साखकर्मी (स्वतन्त्र), नेपाली काँग्रेसका कृष्णलाल भडेल, राकेश सुवाल (स्वतन्त्र), समाजवादी पार्टीका सुदर्शन मुनकर्मी, नेपाल मजदुर किसान पार्टीका निरज लवजू, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, सुमना कार्की (स्वतन्त्र), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देबिप्रसाद ढकाल, जिवन चन्द्र अधिकारी (स्वतन्त्र), नेपाल कम्युनिष्ट पार्टी (माले) का सुदर्शन लामिछाने, संगिता पौडेल आचार्य (स्वतन्त्र), सुजाता देउजा (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा र नेपाली काँग्रेस (बि.पी.) का मधुसुदन न्यौपाने ।
यसैगरी बागलुङ निर्वाचन क्षेत्र नं. २ को (२) मा रिक्त प्रदेश सभा सदस्य पदमा १० जनाको उम्मेदवारी
रा.प्र.पा. (संयुक्त) का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार बि.क., राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारी (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, नेपाली काँग्रेसका जितबहादुर शेरचन, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, शेरमान घर्तिमगर (स्वतन्त्र) र मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगर ।
यस्तै दाङ निर्वाचन क्षेत्र नं. ३ को (२) मा रिक्त प्रदेश सभा सदस्य पदमा १४ जनाको उम्मेदवारी
राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मा, नेपाली काँग्रेसका केशव राज शर्मा, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का छोटीलाल थारु, नेपाल कम्युनिष्ट पार्टीका हरिप्रसाद डागी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बिमला कुमारी खत्री, समाजवादी पार्टीका डिल्ली बहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपाल रावत, मंगोल नेशनलका घनश्याम चौधरी, टिकाराम आचार्य (स्वतन्त्र), गोविन्द के.सी. (स्वतन्त्र), साझा पार्टीका शिव कुमार चौधरी, नेपाल लोकतान्त्रिकका झरेन्द्र बहादुर खत्री र नेपाली कांग्रेस (बी.पी.) का दिपक कुमार धिताल ।

