धादिङको खेलकुद अध्यक्षमा राजन भण्डारीलाई सिफारिस

Avatar photo
Dhadingpost
कार्तिक २१, २०७६

धादिङ कार्तिक २१ । जिल्ला खेलकुद विकास समिति धादिङले आफ्नो गतिविधि चुस्त बनाउन नसकि रहेको बेला नेकपा धादिङले धादिङबेसी सितल बजारका राजन भण्डारीलाई अध्यक्ष बनाउन खेलकुद मन्त्रालय मार्फत खेलकुद परिषदमा सिफारिस गरेको छ ।

यस अघिको विकास कार्की अध्यक्ष रहेको जिल्ला खेदकुद विकास समितिको कार्यकाल सकिएको ४ महिना पछि नेकपा धादिङले (पूर्व एमालेले अध्यक्ष र पूर्व माओवादी केन्द्रले उपाध्यक्ष लिने गरि) राजन भण्डारीलाई अध्यक्षमा सिफारीस गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङलले अध्यक्षमा राजन भण्डारी सँगै उपाध्यक्षमा दिपक ठकुरीलाई प्रस्ताव गरेको नेकपा स्रोतले बतायो ।

विद्यालय स्तरीय हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत गर्न नसकेको राजनितिक नियुक्तीबाट आएको कार्की कार्य समितिबाट खेलकुद क्षेत्रमा देखिएको निराशालाई अब बन्ने समितिले आशामा बदल्दै जिल्लाको खेलकुद विकासलाई कसरी ल्यैजान्छ त्यो भने भविश्यले बताउने छ ।