विप्लव नेतृत्वको नेकपाले भारतको झण्डा जलाउने

Avatar photo
Dhadingpost
कार्तिक २०, २०७६

धादिङ कार्तिक २० । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतले सार्वजनिक गरेको नयाँ नक्सा जलाउने भएको छ ।

भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भू–भागलाई भारतमा गाभेको विषय प्रति आपत्ति जनाउँदै भारतको झण्डा जलाउने नेकपाले विज्ञप्ती मार्फत जनाएको हो ।

विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै एकसात लामो चरणवद्ध आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।
संघर्षका कार्यक्रममा भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका कार्यक्रम घोषणा गरिएको छ ।

विज्ञप्तिमा आगामी कात्तिक २१ गते मसाल जुलुश, २२ गते कोणसभा, २३ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने उल्लेख छ ।


विज्ञप्ती जस्ताको तस्तै: