
धादिङ कार्तिक १९ । धादिङबेसीमा मंसिर १३ गते देखि धादिङ पर्यटन महोत्सव तथा व्यापार मेला नाम दिएर कार्यक्रमको तयारीमा जुटेको जिल्ला होटल संघ धादिङ विरुद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको छ ।
विगतको महोत्सवको हिसाव सार्वजनिक नगरेको, संघको लेखा प्रतिवेदनमा समेत महोत्सवको हिसाव समावेश नगरिएको, शव वहान किन्ने भनेर महोत्सव गरेको तर हाल सम्मपनि शव बहान नकिनेको र संघको पदाधिकारीहरुले आर्थिक हिनामिना गरेको गम्भीर आरोप लगाउँदै छानविन गर्न भन्दै उजुरी दिईएको पाईएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, करदाता सेवा कार्यालय, नीलकण्ठ नगरपालिकालाई बोधार्थ पठाईएको उजुरीमा छानविन नहुन्जेत महोत्सव गर्न नदिन समेत उल्लेख गरिएको छ ।
होटल संघ धादिङले महोत्सव मंसिर १३ गते देखि आयोजना गर्ने महोत्सवको केहि दिनको फरकमा नै धादिङ उद्योग वाणिज्य संघले महोत्सव गर्ने तयारी गरेकोले होटल संघको कार्यक्रम स्थगित गराउने योजना बमोजिम उद्योग वाणिज्य संघको उक्साहटमा उजुरी दिन लगाईएको होटल संघका एक सदस्यले बताए ।
हामीलाई आर्थिक हिना मिना गर्नु पर्ने कुनै कारण छैन, शव वहान खरीदका लागि केहि कानुनी प्रवाधानहरु पुरा गर्न वाँकी रहेकाले नआएको हो सके सम्म मंसिर १३ अगाडी नै सव वहान आईपुग्ने समेत ति सदस्यले बताए ।
निर्धारित समयमै होटल संघले महोत्सव आयोजना गर्ने बताउँदै ति सदस्यले भने, हिसाव किताब हेर्न चाहनेले अहिले पनि अफिसमा गएर हेर्न सकिने बताए ।
यस्तो छ, उजुरी पत्रको व्यहोरा


