स्थानीय सरकार मुद्दा लिएर सर्वाेच्च जाने

Avatar photo
Dhadingpost
कार्तिक १५, २०७६

धादिङ कार्तिक १५ । नेपालका ७ सय ५३ वटै स्थानीय सरकारका प्रमुखहरुले प्रदेश र संघीय सरकारलाई विपक्ष बनाई मुद्दा लिएर सर्वाेच्च अदालत जाने अन्तिम तयारी गरेका छन् ।

नेपालकाे संविधानमा उल्लेख गरिएकाे स्थानीय सरकारले कार्यान्वयन गर्न पाउने २१ वटा अधिकारहरु संघिय र प्रदेश सरकारले कटाैती गरेकाेलेे सर्वाेच्च अदालत जाने अन्तिम तयारी भएकाे नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले खुलासा गरेका हुन् ।

नगरपालिकाहरुकाे साझा संस्था नगरपालिका संघकाे प्रतिनिधित्व गर्दै अमेरिका पुगेका प्रमुख ढुङ्गानाले न्युयोर्क स्थित एक अनलाइनलाई अन्तर्वार्ता दिँदै स्थानीय तहकाे अधिकार माथिल्लो दुई सरकारले कटाैती गरेकाेले संवैधानिक अधिकार सुनिस्चित गर्न सर्वाेच्च जाने तयारी भएकाे खुलासा गरेका हुन् ।

सिंहदरवारकाे अधिकार गाउँ गाउँमा पुर्याउने गरि संविधान सभाबाट बनेकाे संविधानले दिएकाे अधिकार कटाैती भएकाेले जनअपेक्षा अनुरुप काम हुन नसक्दा परिणाम मुखि काम गर्न कठिनाई भएकाे बताउँदै अन्तरवार्ताकाे क्रममा सरकारकाे कार्यशैलीकाे आलाेचना समेत गरेका छन् ।

भिडियाे