धादिङमा सर्पले डसेर विष्णु श्रेष्ठ घाइते

Avatar photo
Dhadingpost
कार्तिक १४, २०७६

धादिङ कार्तिक १४ । सर्पले डसेर घाइते बनेका धादिङ ज्वालामुखी गाउँपालिका ३ माथिल्लो हटियाका विष्णु श्रेष्ठलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएकाे छ ।

बारीमा घाँस काट्ने क्रममा सर्पले डसेपछि घाइते बनेका २४ वर्षका श्रेष्ठलाई विषालु सर्पले डसेकाे हुनाले काठमाडौं पाठाईएकाे ज्वालामुखि गाउँपालिका स्वास्थ्य संयाेजक सुजन श्रेष्ठले धादिङपाेष्टलाई बताए ।

बुधवार दिउँसाे २ बजे सर्पले डसे पनि उनलाई उपचारकाे लागि नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाकाे सहयाेगमा हेलिकप्टरबाट काठमाडौं लगिएकाे थियाे ।