
धादिङ कार्तिक ९ । धादिङ ज्वालामुखी गाउँपालिका स्थित मैदीका शरण सामरी १३ औं दक्षिण एशियाली खेलकुद सागकाे पुरुष भलिबल टिमको लागि छनाैट भएका छन् ।
मंसिरमा नेपालमै हुन लागेकाे साग खेलकुद अन्तरगत भलिबलकाे लागि ईमबहादुर मगरको कप्तानीमा बनेकाे १४ जनाकाे राष्ट्रिय टिममा धादिङ मैदीका सामरी छनाैट भएका हुन् ।
भलिबलकाे लागि छनाैट भएका अन्य खेलाडीहरुमा धनबहादुर भट्ट, राजेन्द्र विष्ट, हरिबहादुर अधिकारी, टेकराज अवस्थी, हरिहजुर थापा, दुर्गा खड्का , द्वारिका थापा, इश्वर थापा मगर, विनोद बहादुर चन्द, विशाल विक, शरणसम्री क्षेत्री, कुलबहादुर थापा र रविन चन्द रहेका छन् ।

