मलेखुमा तिहार विशेष साँस्कृतिक कार्यक्रम हुने

Avatar photo
Dhadingpost
कार्तिक ८, २०७६

धादिङ कार्तिक ८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित मलेखु बजारमा भोलि राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

अमृत उज्वल स्मृति मञ्च र अमृत कुमार कडेल स्मृति प्रतिष्ठान आयोजना गरेको तिहार विशेष साँस्कृतिक कार्यक्रम जनवादी गायक जीवन शर्मा, लोक गायक बिष्णु खत्री, नविन खड्का, अविरल लामिछाने, सिता लामा र बाल दोहोरी गायीका कमला घिमिरे लगायतका कलाकारहरुको वेजोड प्रस्तुती रहने बताईएको छ ।

जनताको अधिकार प्राप्तिका लागि संघर्षको मैदानमा रहेर जनवादी गित गाउँदै हिँड्ने क्रान्तिका महान् योद्दा रुपमा परिचय बनाएका जीवन शर्माको छोराको उपचार खर्च सहयोगका लागि यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।