धादिङ कार्तिक ८ । नेपाली काँग्रेसको युवा संगठन तरुण दलले धादिङबेसीमा ६६ औं स्थापना दिवस मनाउने भएको छ ।
तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माका अनुसार कार्तिक १० गते बीपी स्मृति भवन बीचबजारमा दिपावली, नेपाल सम्वत र छठ पर्वको शुभकामना आदानप्रदान सँगै युवा प्रशिक्षण कार्यक्रम गर्दै स्थापना दिवस मनाउन लागिएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा हुने उक्त नेपाली कांग्रेसका पदाधिकारी तथा सदस्य, भातृ संगठनका सम्पुर्ण नेता तथा सदस्य एवम् लोकतन्त्रप्रेमी जनसमुदायहरुको सहभागिता रहने अध्यक्ष विश्वकर्माले धादिङपोष्टलाई बताए ।

