धादिङबेसीका दुनोट काकाको निधन

Avatar photo
Dhadingpost
कार्तिक ८, २०७६

धादिङबेसी कार्तिक ८ । धादिङबेसीमा बर्षौ देखि दुनोट काका भनेर चिनिने पुरुषोत्तम पौडेलको असामयीक निधन भएको छ ।

धादिङबेसीको कुना कुना गाडामा एका बिहानै दुनोट लिएर पुग्दा सडक किनारमा बालबालिकाहरु दुनोट काका आए भनेर खुसी हुन्थे ।

आफ्नै श्रमले बाँचेका निलकण्ठ नगरपालिका वडा नम्बर ३ मिलन टोल निवासी दुनोट काका नामले चिनिएका पौडेल बिहान ३ बजे उठेर दुनोट बनाउँथे भने उज्यालो भएपछि गाडा लिएर दैनिक घर घर पुग्थे र सेवा दिने गर्दथे ।