चन्द्रोदयमा विद्यार्थीको कुपोषण चेक जाँच

Avatar photo
Dhadingpost
कार्तिक ६, २०७६

सुरज पाण्डे
धादिङ कार्तिक ६ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित बेनिघाटमा रहेको चन्द्रोदय माविका विद्यार्थीहरुको कुपोषण चेक जाँच गरिएको छ ।

कुपोषण रोकथाम तथा उपचार कार्यक्रम पोषण पुनर्स्थापना केन्द्र ललितपुरको सहयोगमा भएको उक्त कार्यक्रममा ३ सय ४४ जना विद्यार्थीको कुपोषण चेक जाँच गराएका थिए ।

पोषण तथा स्वास्थ्य शिविर नाम दिईएको उक्त चेक जाँचको क्रममा छात्र छात्रा गरि ७० जनालाई कुपोषण भएको र कान जीको संख्या १० रहेको पाईएको थियो ।

शिविरका क्रममा स्वस्थ्य कर्मीहरुले शिक्षक विद्यार्थीलाई शरीरमा पोषक तत्त्वको आवश्यकता र हाम्रो आहाराबीचको असन्तुलन विषयमा बताएका थिए । उनीहरुले दिनहुँ चार खाद्य समूह भोजनमा गरे कुपोषणबाट टाढा रहन सकिने बताएका थिए ।

  • पहिलो हो– अन्न/कन्दमूल । यो समूह अन्तर्गत चामल, गहुँ, मकै, कोदो र फापर तथा आलु, सखरखण्ड, तरुल, पिँडालु आदि पर्छन्  ।
  • दोस्रो समूहमा गेडागुडी पर्छन्  । दालहरू, चना, भटमास, सिमी, केराउ, तिल, फर्सीको बिया आदि यसमा पर्छन्  ।
  • तेस्रो हो भिटामिन तथा खनिजयुक्त फलफूल तथा तरकारी  । यो समूहमा मेवा, पाकेको आँप, हरियो सागपात, पाकेको फर्सी, गाजर, पहेंलो सखरखण्ड, खरबुजा, कटहर, सिस्नु, कर्कलो, मूलाको साग, गोलभेडा, सुन्तला, कागती, अमला, केरा, बन्दाकोपी भान्टालगायत पर्छन्  ।
  • चौथो समूह हो– पशुपक्षीजन्य खानेकुरा, जसमा दूध, दूधबाट बनेका पदार्थ, अन्डा, माछा, मासु आदि