धादिङको घले धारा बारे

Avatar photo
Dhadingpost
कार्तिक ६, २०७६

Aayus Ghale King RaJa
धादिङ्ग जिल्लाको नेत्रावति डब्जोङ गाउँपालिका ५ घले गाउँ र घले धाराको बारेमा केहि चर्चा । यस घले गाउँको बसोबास सुरुवात बिक्रम सम्वत १८०६ साल भाद्र महिनामा लमजुङको दोर्दी डाँडा गाउँबाट बसाई सरेरआई धनवीर घले र गौमती घलेको दम्पती जीवनले पहिलो बसोबास गरेको किंवदन्ती रहेको छ ।

त्यतिबेलाको समयमा ढालफाड खोरिया खनेर आफू बस्ने बासस्थान बनाई बसेको भनाइ रहेको छ । यस्तै बस्ने क्रममा जीवनयापन गर्नको लागी पिउने पानीको आवश्यकता पर्दा पानीको मुहान खोज्दै जाँदा काउली बास भन्ने ठाउँमा कावालीको लेऊ पन्छाउँदै जाँदा पानीको मुहान भेटियो त्यसपछि त्यहाँको पानीलाई मोइवाको लोतको (बोक्रा) को सर्वप्रथम अस्थायी धाराबनाई सर्वप्रथम यस काउली बासको पानी खाने दम्पती पनि धनबिर घलेको दम्पती नै रहेको हाम्रो बाउ बाजेले भनेको सुनेको प्रशस्त भनाइहरू जीवितै रहेको छ ।

त्यसपछि केही वर्ष पछाडि नेवारहरूको बसोबासमा आई घलेहरुको जग्गा किनी पुनर्बासको व्यवस्था भयो । दिनप्रतिदिन जनसख्या बढ्दै गयो । पानी भर्ने पालो कुर्नु पर्ने अवस्था भयो, त्यसको विकल्प सोच्न पर्ने भयो, उनै दाम्पत्य जीवनका सन्तानहरू जस्बिर घले, जस्मन घले, भगल घले, धनराज घले, बहादुर सिंह घलेहरु भेला भई सर सल्लाह गरी सम्वत १८७३ सालमा पारी पट्टी भन्ने बाघजाल खोल्सामा फोहोर ढुङ्गा माटो हटाई पानीको धारा बनाई खान सुरु गर्यो ।

सोही पारीपट्टी धारा भन्ने नामले चिनिने धाराको पानी खाँदै आएको घले गाउँलेले त्यस पश्चात अलि अलि यो धारा सुधार हुँदै आउँदा विक्रम सम्वत २०१५ सालमा श्री ५ महाराजाधिराज महेन्द्र वीर बिक्रम शाहको यसै घले गाउँको धारा माथिको पाटामा एक रात राज हुने भन्ने सूचना चर्चामा आए पश्चात यो घले गाउँको घलेहरु भेला भई सरसल्लाह गरी आफ्नो गाउँ ठाउँको मर्यादा देखाउनु पर्छ भनी जंगलमा गई नर बहादुर घले, भद्र बहादुर घले, बम्ब बहादुर घलेले सालको टीम्म काटी आआफ्नो घरमा लेराई छाट्छुट गरी धाराको डोड खोपी सो उल्लेखित पधेरो सुधारको लागि केही भाग जमीन खाहरी गइराई देखि गारा उठाएर चौतारा बनाएर बिसना राखी चौतारा माथि तीन वटा काठे धारा राखेर बराबरी पानी चलाई राजा महेन्द्र लाई देखाउन घलेहरु सफल रह्यो ।

त्यसै धाराको पानी जेनेरेटर ले तानेर फिल्टर गरी राजा महेन्द्रले खाए पछि यो धारा कसले बनाएको भनी सोध्दा घलेहरुले बनाएको भन्ने उत्तर सवार मल्ल जनरलबाट पाएपछि यो धाराको नाम घले धारा भन्नु भन्नि हुकुम भएपछी सम्वत २०१५ साल माघ महिनाबाट घले धारा/ घले पधेरो भन्ने नामले चिनिने गर्दछ । हामीले हाम्रो संस्कार संस्कृति धर्म पहिचान मात्र नभई हाम्रो प्राकृतिक सम्पदा लाई पनि सधैं जीवित राख्नु पर्दछ ।