सुनौलाबजार खेल मैदान हिलो भएपछि खेल स्थगित

Avatar photo
Dhadingpost
कार्तिक ६, २०७६

धादिङ कार्तिक ६ । धादिङको पुरानो सदरमुकाम स्थित सुनौलाबजार टुडिखेल मैदानमा कार्तिक ८ गते देखि हुने भनेको खुल्ला फुटबल प्रतियोगिता स्थगित भएको छ ।

कम्युनिटी प्रोगेस नेपालको आयोजनामा हुन लागेको इन्द्रमोहन विष्णु स्मृति प्रथम कप फुटबल प्रतियोगिता खेल मैदान हिलो भएपछि स्थगित भएको संस्थाका सचिव बिराज सिदालीले बताए ।

३५ हजार प्रथम र १५ हजार द्वितिय पुरस्कार राशी रहेको उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर, धेरै गोलक कर्तालाई १-१ हजार नगद सहित पुरस्कृत गरिने भनिएको उक्त प्रतियोगिता तिहार पछि गरिने समेत सचिव सिदालीले बताए ।

प्राकृतिक सुन्दरताले रमणिय सुनौलाबजार पुरानो धादिङ सदरमुकाममा रहेको यसै टुडिखेल मैदानलाई क्रीकेट मैदान निर्माणकोे तयारीका लागि केहि दिन पहिला मात्र प्रदेश संसद डा.रामकुमार अधिकारी डिपिआरको प्रकृया अगाडि बढाउन प्राविधिकलाई निर्देशन दिएका थिए ।