
धादिङ कार्तिक ५ । धादिङको गजुरी गाउँपालिका-६ स्थित आदमघाट केदारेश्वोर खेल मैदानमा कराँते डेमोस्टेसन हुने भएको छ ।
मदन भण्डारी स्पोटस् एकेडेमी धादिङ र जापान गोजु-रियो कराँते डो केन्वाकाई नेपाल धादिङको संयुक्त आयोजनामा प्रदेस नं ३ स्तरिय कराँते डेमोस्टेसन हुने भएको हो ।
कराँते डेमोट्रेसन अन्तरगत शरीरमा टायल फुटाउने, घैटो फुटाउने, पेटमा बुलेट बाईक कुदाउने लगाएतका खेलहरु हुने कार्यक्रम रहेको संयोजक रमेश अधिकारी धादिङपोष्टलाई बताए ।
प्रशिक्षक दिपक रानाका अनुसार कार्तिक ७ गते हुने उक्त कार्यक्रममा गायक कुमार अभि लगायतको कलाकारहरुको सहभागिता रहने साङ्गितिक कार्यक्रमका बीच धादिङबाट प्रदेश नं. ३ को प्रथम हुँदै राष्ट्रिय प्रतियोगितामा सहभागि हुने महिला फुटबल खेलाडीलाई सम्मान गरिने छ ।

