
चितवन कार्तिक ५ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता गुणराज लोहनी पक्राउ परेका छन् ।
विरामी भएर केहि समय देखि घरमा आराम गरेर बसेका लोहनीलाई चितवनको भरतपुर महानगरपालिका-११ बसेनीबाट मङ्गलबार बिहान सादा पोसाकका पहरीले पक्राउ गरेको हो ।
उनको स्वास्थ्यमा गम्भीर समस्या देखापरेपछि पार्टीले केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त गरेको थियो । उक्त कुरा नेकपाले सोमबार जारी विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

