
धादिङ कार्तिक ५ । धादिङको नीलकण्ठ नगरपालिका १ स्थित धुसिनी आधारभुत विद्यालय खाल्टेलाई कृष्णबहादुर गुरुङ्ले जग्गा दान दिएका छन् ।
वडा अध्यक्ष भोज बहादुर गुरुङलाई साथी राखि कृष्णबहादुर गुरुङ्ले खाल्टे ८ क मा रहेको २८० कित्ता नम्बरको ०७३२ क्षेत्रफल रहेको जग्गा मंगलबार विद्यालयको नाममा जग्गा धनी पुर्जा बनाई दान दिएका हुन् ।
विद्यालय भवन निमार्णको लागि आफुले राजीखुसी विद्यालयलाई जग्गा दिएको धादिङपोष्टलाई बताए ।
विद्यालयको भवन बनाउन अफ्ठेरो परिरहेको अवस्थामा जग्गा दान गर्ने कृष्णबहादुर गुरुङ्लाई विद्यालयले सँधै सम्झि रहने बताउँदै विद्यालयका प्राध्यानाध्यापक सिद्धबहादुर गुरुङले जग्गा दाताको नाम विद्यालयको शिलापत्रमा राखिने बताए ।

