
धादिङ कार्तिक ४ । धादिङबेसीमा वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. केडिया अर्गनाईजेशनले धादिङका सिमेन्ट विक्रेता, निमार्ण व्यवसायी र निमार्ण मजदुर सँग वृज सिमेन्टको प्रभावकारिताबारे अन्तरक्रिया गरेको छ ।
धादिङ उद्योण वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अन्तरक्रियामा वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. केडिया अर्गनाईजेशन प्रवन्धक निरज सिंहको विशेष आतिथ्यता रहेको थियो ।
वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. केडिया अर्गनाईजेशनले पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) मा वृज सुपर प्रिमियम उत्पादन गर्दछ भने, पोर्टल्याण्ड पोज्जोलना सिमेन्ट (पि.पि.सि.) अन्तर्गत वृज सिमेन्ट र पोर्टल्याण्ड स्लयाग सिमेन्ट (पि.एसि.सि.) अन्तर्गत वृज सुपर पावर व्राण्ड उत्पादन गर्दै आएको प्रवन्धक निरज सिंहले बताए ।
वृज सिमेन्टको सवै उत्पादनलाई उच्च गुणस्तरीय एच.डि.पि.ई. प्लास्टिको वोरामा, ५० के.जी. परिमाणमा प्याक गरी बजारमा पठाईने गरिएकोले हरेक निमार्णमा वृज सिमेन्ट प्रयोग गर्नु पर्ने बताएका थिए ।
बर्षौदेखि आफनो ग्राहकहरुबाट पाएको माया र विश्वास जित्न सफल भएको कारण आफना उत्पादनलाई ग्राहकहरुको वीचमा विश्वासका साथ गुणस्तर र मजबुतीलाई अझ दरिलो विश्वसनीय सम्बन्ध निर्माण गर्नको लागि नयाँ ढंगवाट Expert’s Choice सहित बजार प्रर्वधन शुरु गरिएको समेत प्रवन्धक सिहले दावी गरे ।
वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. प्रविधिक अजय यादवले परिमाण र गुणस्तरमा सन्तुलन कायम गरेर कम्पनीले सिमेन्ट बजारमा ल्याएको बताएका थिए । निर्माणमा सिमेन्ट, बालुवा, गिट्टी, डन्डी र इँट्टा अपरिवर्तनीय हुने बताउँदै पाँच अपरिवर्तनीय चार वटा वस्तुसँग सिमेन्टको सम्बन्ध रहने हुँदा अपरिवर्तनीय वस्तु र त्यसमा पनि अति महत्त्वपूर्ण सिमेन्टमा वृज सिमेन्ट नै प्रयोग गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा धादिङका निमार्ण व्यवसायी र निमार्ण मजुर गरी १ सय १ जनालाई वृज सिमेन्ट पासबुक वितरण गरिएको थियो ।
