गुरुङ सेवा समाजले काठमाडौंमा देउसी भैलो खेल्ने

Avatar photo
Dhadingpost
कार्तिक ४, २०७६

धादिङ कार्तिक ४ । विभिन्न सामाजिक काममा सहयोग गर्दै आई रहेको धादिङ काठमाडौं (तमु) गुरुङ समाज सेवाले काठमाडौंमा देउसी भैलोको तयारी गरेको छ ।

साँस्कृतिक पर्वको रुपमा लिईने तिहार पर्वको अवसरमा खेलिने देउसी भैलोबाट उठेको आर्थिक, समाज सेवाको लागि खर्च गरिने गुरुङ समाज सेवाका महासचिव बाणीराज गुरुङले बताए । हराउँदै गएको मौलिकता जोगाउने मुख्य उद्धेश्य रहेको समेत उनले बताए ।

महासचिव गुरुङका अनुसार कार्तिक ९ गते शनिबार काठमाडौ स्थित माछा पोखरीबाट देउसी भैलो, कलंकी, स्युचाटार, सतुङ्गल, सानेपा, जरंखु पुल आसपास, मनमैजु, बानियाटार लगायतका क्षेत्रमा देउसी भैलो खेलिने छ ।

महासचिव गुरुङले उक्त देउसी भैलो कार्यक्रममा, काठमाडौ रहेका सम्पूर्ण गुरुङहरुलाई सहभागिता जनाउन समेत आग्रह गरेका छन् । (फाइल फोटो)