
धादिङ कार्तिक १ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अधिवेशनमा धादिङ धुवाकोट जन्म घर भै लण्डनमा बस्दै आएका कृष्ण तिमल्सिना एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदमा निर्वाचित भएका छन् ।
करिब डेढ दशकदेखि लन्डन बस्दै आएका तिमिल्सिना नेप्लिज सेफ एसोसिएसन यूकेका पूर्व अध्यक्ष, एनआरएनए यूकेका पूर्वउपाध्यक्ष तथा एनआरएनए आईसीसीका पूर्व सदस्य हुन् ।
सन् २०१७ देखि १९ को कार्यकालका लागि एनआरएनए यूकेअध्यक्षको प्रत्यासी बनेका उनि हाल एनआरएन युकेको सल्लाहकार एबम एनआरएनए केन्द्रको ट्रेड इन्भेष्टमेन्ट प्रमोसन र पोलिसी एन्ड प्रोसिडुर्स टास्क फोर्समा छन् ।
सेफ पृष्ठभूमिबाट करियर सुरू गरेका उनी एक दशकदेखि क्रिस फुडका प्रबन्ध निर्देशक रहेका छन् । तिमिल्सिनाले बेलायतका प्रायः च्यारिटी कार्यक्रममा सहयोगको हात फैलाउँदै आएका छन् । उनको नेपालमा हाइड्रो, माइक्रो फाइनान्स, प्रोपर्टी, बैंकिङ आदि क्षेत्रमा लगानी रहेको छ ।

