
धादिङ कार्तिक १ । गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं महादिवेशनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन् ।
वामपन्थी निकट प्यानलको नेतृत्व गरेका कुमार पन्तले काँग्रेस निकट प्यालनको नेतृत्व गरेका कुल आचार्यलाई पराजित गर्दै दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा पन्त अध्यक्षका प्रत्यासी आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले १ हजार २१७ मत ल्याए भने आचार्यले १ हजार ७० मत ल्याएका थिए ।
महिलासहित ५ उपाध्यक्षमा भने मिश्रति परिणाम आएको छ । खुलातर्फ पन्त समूहका बद्री केसी १ हजार १६३, अर्जुनकुमार श्रेष्ठ १ हजार ०२७, सोनाम लामा ८९८ र आचार्य समूहका मन केसीले ९६१ विजयी मत ल्याई विजयी बने ।
महिला उपाध्यक्षमा पनि आचार्य समूहकै रविना थापा १ हजार२२१ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी पन्त समूहकी सपिला राजभण्डारीले ८६३ मत ल्याएईन ।
यस्तै २ सचिवमा गौरीराज जोशी ९१६ र आरकेशर्मा ८६८ विजयी बने । कोषाध्यक्षमा महेसकुमार श्रेष्ठ १ हजार ६५३ र सहकोषाध्यक्षमा लोकप्रसाद दहाल १ हजार १८४ मत ल्याई विजयी बने ।
महिला संयोजकमा भोमादेवी लिम्बु ७०२, युवा संयोजकमा हिमाल गुरुङ ७६८ मत ल्याई विजयी भए । मध्यपूर्व र अफ्रिका क्षेत्रका भने सबै निर्बिरोध निर्वाचित भएका छन् । मध्यपूर्व क्षेत्रको संयोजकमा प्रवीन गुरुङ, दुई उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्बिरोध निर्वाचित भएका हुन् । महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवा संयोजकमा राजु रेग्मी पनि निर्बिरोध चएन भईन ।
यस्तै अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्विरोध निर्वाचित भए । एसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ २१७ विजयी बने । दुई उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने १९८ र पारसमणि पोखरेल १९५ मत ल्याई विजयी भए । अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी १५४ उपसंयोजकमा राम सी पोखरेल १५० महिला संयोजकमा उमा कार्की थापा १४४ मत ल्याउँदै विजयी बने । ओसेनिया क्षेत्रको संयोजकमा होमनाथ पाण्डे १०५ विजयी उपसंयोजकमा नवीन कंडेल १०७ विजयी भए ।




