एनआरएनएकाे चुनावमा २३४० मत खस्याे

Avatar photo
Dhadingpost
अशोज ३०, २०७६

काठमाडौं असाेज ३० । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौं अधिवेशनमा २३ सय ४० मत खसेकाे छ ।

बुधबार नै सकिने भनिएको एनआरएनए नेतृत्वको निर्वाचन विद्युतीय मेशिनले काम नगरेपछि आज कागजी मतदान प्रक्रिया अपनाईएकाे थियाे कुल २५ सय ७० मतदाता रहेकाे (एनआरएन) यस चुनावमा २३ सय ४० मत खसेकाे हाे ।

खसेको मतमध्ये अष्ट्रेलियासहित ओसेनिया क्षेत्रबाट २ सय ११ मत खसेको छ भने अफ्रिकाबाट १६ मत, एशिया प्यासिफिकबाट ४ सय ६२, मध्यपूर्वबाट ४ सय ७०, युरोपबाट ९ सय २० र अमेरिकाज क्षेत्रबाट २ सय ६१ मत खसेको थियो ।

कुल ४२ पदका लागि भएको निर्वाचनमा ७५ जनाले उम्मेदवरी दिएका थिए । त्यसमध्ये केही पदमा निर्विरोधसमेत भयो । अध्यक्ष पदमा दुई जनाको मात्र उम्मेदवारी परेको थियो भने सबैभन्दा बढी उम्मेद्वार उपाध्यक्ष पदमा रहेको छ । कुल ४ पदका लागि ९ जनाको उम्मेदवारी परेको छ ।