
काठमाडौं असाेज ३० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाेे ब्युरो वैठकमा प्रहरीले छापा मार्दा २१ जना पक्राउ परेका छन् ।
दाङको राजपुर–४ मुंग्रेटा खोलामा बैठक बसिरहेका बेला प्रहरीले छापा मार्दा कमाण्ड ईन्चाज सहित २१ जना पक्राउ पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पश्चिम कमाण्ड इन्चार्ज रहेका चन्द्रबहादुर चन्द वीरजंग रहेका छन् । उनकै साथमा राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा सुवास, दाङ जिल्ला इन्चार्ज सविन पोखरेल, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन शेर्पाली लगायत २१ जना रहेकाे बताईएकाे छ ।

