धादिङकी मरियम फ्युवालाई स्वर्ण पदक

Avatar photo
Dhadingpost
अशोज ३०, २०७६

धादिङ असाेज ३० । धादिङकाे तेक्वान्दो खेलाडी एवम् प्रशिक्षक मरियम फ्युवाले मलेशियामा स्वर्ण पदक जितेकी छिन् ।

बुधबार मलेशियामा भएकाे MBW International Taekwondo Championship 2019 मा एड्भान्स एकेडेमीको तेक्वान्दो प्रशिक्षक समेत रहेकी नीलकण्ठ नगरपालिका धादिङबेसी निवासी फ्युबाले आयाेजक मलेशियाकाे खेलाडीलाई हराउँदै स्वर्ण पदक (Gold Medal) जितेकी हुन् ।

यस प्रतियाेगिताकाे लागि विभिन्न ताैल समुहका नेपालबाट १५ जना खेलाडीहरु सहभागी छन् ।

५२ केजी ताैल समुहकी मरियम फ्युवाले केहि महिना अघि मात्रै भर्खरै थाइल्याण्डको बैंककमा सम्पन्न 5th Heroes International Taekwondo Championship प्रतियोगितामा पनि मरियम स्वर्ण पदक (Gold Medal) जितेकी थीइन ।