लाेक दाहालकाे पक्षमा माहोल

Avatar photo
Dhadingpost
अशोज २९, २०७६

काठमाडौं असाेज २९ । गैरआवासीय नेपाली संघ (एनआरएन) काेे नवाैं महादिवेशनमा सह काेषाध्यक्ष पदमा उम्मेदवारी दिएका धादिङ बुढाथुममा जन्मिएका बेल्जियमका निवर्तमान अध्यक्ष समेत रहेका लाेक प्रसाद दाहालकाे पक्षमा लोभलाग्दो माहोल देखिएको छ ।

राजनिति गन्धले रंगिएकाे एनआरएनएकाे यस चुनावमा दाहालकाे पक्षमा भने फरक माहौल पैदा भएकाे बताईएकाे छ । मुख्यतः प्रगतिशिल धारबाट कुमार पन्तकाे प्यानल र लाेकतान्त्रिक धारबाट कुल आचार्यकाे प्यानल देखिए पनि स्वतन्त्र देखि सबै विचार समुहका अधिकाम्स प्रतिनिधीहरु लाेक दाहालकाे पक्षमा रहेकाे बताईएकाे हाे ।

यस विषयमा धादिङपाेष्ट सँग कुरा गर्दै सह काेषाध्यक्षका उम्मेद्वार दाहालले भने, चुनाव हाे मत परिणाम राम्रैै आउने आशा गरेकाे छु । सामाजिक सेवाभावका साथ चुनावमा हाेमिएकाे छु हेरम के हुन्छ । आशा छ मलाई जिताई एनआरएनएमा रहेर काम गर्ने अवसर दिनुहुने छ ।

समग्रमा प्यानलकाे हिसावले नै हेर्ने हाे भने पनि कुल आचार्यकाे प्यानल भन्दा कुमार पन्तकाे प्यानल अगाडि रहेकाे प्रतिनिधिहरु बताउँछ ।

निर्वाचन असाेज ३० गते बिहान १० बजेबाट हुने ।