ज्वालामुखीमा काँग्रेसकाे शुभकामना आदान प्रदान

Avatar photo
Dhadingpost
अशोज २९, २०७६

धादिङ असाेज २९ । नेपाली काँग्रेस ज्वालामुखी गाउँपालिकाले मैदीमा चाड पर्व विशेष शुभकामना आदान प्रदान एवम् पार्टी प्रवेष कार्यक्रम सम्पन्न गरेकाे छ ।

उक्त कार्यक्रममा मुक्तिबहादुर तुम्सिङ लगायत ४८ जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेषकाे घाेषणा गरेका थिए ।

पुर्वमन्त्री दिलमान पाख्रीनकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाली काँग्रेस धादिङका पुर्व सभापति रामनाथ अधिकारी, उप सभापति भक्त लामा, निलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुङ्गाना, नेता शिवराज अधिकारी, ज्वालामुखी गाउपालिकाका प्रमुख विनाेद तिमल्सिना, ज्वालामुखी काठमाडौं सम्पर्क समाजका संयाेजक नरेन्द्र भट्ट लगायतकाे आतिथ्यता रहेकाे थियाे ।