एनआरएनए चुनाव अनिश्चित

Avatar photo
Dhadingpost
अशोज २९, २०७६

काठमाण्डौ असाेज २९ । काठमाण्डौमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए) को निवार्चन अनिश्चत बनेकाे छ ।

आज साँझ ५ बजे हुने भनिएको निर्वाचन विधान संशोधन काे विषयमा सहमति नजुट्दा साँझ आठ बजे सम्म पनि निर्वाचन हुन नसक्दा अन्याैल बनेकाे हाे । समयमा निर्वाचन नभएपछि मतदाताहरु तितरवितर भएका छन् ।

निर्वाचनको लागि अध्यक्षहरु वीच सहमतीको अन्तिम प्रयास भइरहको उच्च स्रोतले जानकारी दिएको छ ।

गैरआबासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने छ ।

एनआरएनएको अध्यक्षका लागि कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा छन । पन्त र आचार्यले दुई छुट्टा छुट्टै टिम बनाएर चुनाबी मैदानमा होमिएका हुन् ।

संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिला सहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १/१ जना निर्वाचित हुने छन् ।