
राजाराम रिजाल
धादिङ असोज २८ । धादिङको सदरमुकाम नजिकै निलकण्ठ नगरपालिका २ पिपलडाँडामा सहिद स्मृति भवनको उद्घाटन गरिएको छ ।
२०७२ फागुन १७ गते तात्कालिन एकिकृत नेकपा माओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीद्वारा शिलान्यास गरिएको उक्त भवनले ४ वर्ष पछि पूर्णता पाय सँगै मंगलबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
तात्कालिन अवस्थाको जिल्ला विकास समितिबाट २ लाख, नीलकण्ठ नगरपालिकाबाट ५ लाख ५० हजार, निर्वाचन क्षेत्र नं. विकास कोषबाट ५० हजार, सहिद हिराबहादुर बस्नेतका छोरा विपिन बस्नेतबाट ५० हजार र अन्य सहयोगबाट २ लाख ५० हजार गरी कुल ११ लाख लगानीमा निमार्ण गरिएको उक्त भवन नेकपाका नेता पुष्पविक्रम मल्लले उद्घाटन गरेका हुन् ।

सहिद स्मृति भवन निमार्ण समितिका अध्यक्ष जनयुद्धका सहिद हिरा बहादुर बस्नेतकी जिवसंगिनी पदम कुमारी बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, नेकपा धादिङका नेताहरु विजय बुर्लाकोटी, शम्भु श्रेष्ठ, नेकपा नीलकण्ठ नगरपालिकाका अध्यक्ष दिपक विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियोे ।
तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको क्रममा २०६१ साल असोज २८ गते संचार टावरमा चट्याङ पर्दा बस्नेतको मृत्यूभएको थियो ।
चार वर्ष अघि शिलान्यास गर्दाको समाचार पनि पढौं ।

