विकास निमार्णमा राजनितिक नगरौं -ढुङ्गाना

Avatar photo
Dhadingpost
अशोज २८, २०७६

धादिङ असोज २८ । नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले विकास निमार्णमा राजनिति नगर्न आग्रह गरेका छन् ।

नीलकण्ठ नगरपालिका स्थित अल्छीडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख ढुङ्गानाले नीलकण्ठले विकास निमार्णको लागि नयाँ मोडल बनाएको र उक्त मोडल अनुसार राजनिति नगरी उपभोक्ता समिति बनाउन वडा अध्यक्षहरुलाई निर्देशन दिएको बताएका हुन् ।

सबै दल र विचारलाई सम्मान गर्दै नगर विकासलाई जोड दिईएको बताउँदैं दुङ्गानाले अब तत्काल नगरपालिका भित्रका सडकहरुको स्तर उन्नती गरिने बताए ।

अल्छीडाँडा निवासी स्थानीयहरुको गुनासो सुन्न पुगेका नगरप्रमुख ढुङ्गानाले खानेपानीको समस्या हल गर्न १ करोड बजेट विनियोजित गरिएको, काठेपोल मुक्त गर्ने काम ८० प्रतिशत सकिएको सडक ग्रभालेको एक सातामा सुरुहुने, राष्ट्रिय स्तरको खेल मैदानको लागि वजेट विनियोजन गरिएको बताएका थिए ।