
देवि सिटौला
धादिङ असाेज २७ । धादिङको ज्वालामुखी गाउँपालिका स्थित धारापनीमा सम्पन्न भएकाे 7A side खुल्ला फुटबल प्रतियोगिताको उपाधि मुरलीभञ्ज्याङ् युवा क्ल्बले जितेकाे छ ।
लगनशील युवा क्लब ज्वालामुखी -७ धारापानी धादिङ विजय दशमी २०७६ को अबसरमा आयोजित उक्त प्रतियोगिताको उपाधी आयाेजक लगनशील युवा क्लवलाई पराजित गर्दै उपाधि जितेकाे हाे ।
साेमबार भएको फाइनलमा आयोजक लगनशील युवा क्लब A धारापानी लाई १-० ले स्तब्ध पार्दै मुरलिभन्ज्याङले नगद ५० हजार सहितकाे उपाधि हात पारेको छ ।
आयोजक लगनशील A ले दोस्रो स्थान मा रहि ३० हजार जितेको छ, भने बालुवाटार युवा क्लब गोर्खाले तेस्रो स्थानमा रहदै २० हजार जितेको छ । कुल १६ टिमको सहभागीता रहेको प्रतियोगिता असोज २३ गतेबाट सुरु भएको थियो ।

