एनआरएनए सह कोषाध्यक्षका प्रत्यासी लोक दाहालको प्रतिवद्धता

Avatar photo
Dhadingpost
अशोज २७, २०७६

धादिङ असोज २७ । गैर आवासिय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषदको ९ औं महाअधिवेशन असोज २८ गते देखि काठमाडौमा हुन गहिरहेको छ ।

एनआरएनएको सह कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका धादिङ बुढाथुमका लोकप्रसाद दाहालले पाँच प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

संघलाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको विकास गर्न आफुले उम्मेदवारी दिएको बताएका छन् ।

यस्ता छन् लोक प्रसाद दाहालका पाँच प्रतिवद्धता

१. एनआरएनए लाई वास्तविक रुपमा सबै गैर आवासिय नेपालीहरुको सबल, सक्षम, विश्वासिलो, भरपर्दो र क्रियाशील संस्थाको रुपमा विकास गराउने ।
२. संस्थालाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको विकास गर्ने । सभ्य समाज र भ्रष्टाचारमुक्त परिवेशको सिर्जना गर्ने ।
३. नेपाली अर्थतन्त्रको एक मुख्य हिस्सेदार मध्यपूर्वलाई विशेष प्राथमीकतामा राखी त्यहाँ कार्यरत नेपालीहरुको अधिकारको लागि आवाज उठाउने । सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गराउने। दुबई, कतार, साउदी जस्तो नेपाली जनसंख्या धेरै भएको ठाउमा सबैलाई सजिलो पर्ने ठाउँमा कन्सुलर सेवा राख्ने
४. विश्वमा नेपाल चिनाउन र मुलुक सम्वृद्ध गराउने अभियान भिजिट नेपाल २०२० लाई सफल पार्ने ।
५. नेपालको विकास र समृद्धिमा एनआएनएहरुको सिप, अनुभव, पूँजी र लगानीलाई अधिकतम सदुपयोग गराउने । सामाजिक सेवाका कामहरुलाई कर्तव्य र दायीत्वका रुपमा अंगिकार गर्दै व्इापक जनसहभागिताको साथमा सम्पन्न गर्ने पुराना योजनाहरूलाई निरन्तरता दिँदै सफल गराउने