धादिङ काँग्रेसकाे शुभकामनामा रक्तदान

Avatar photo
Dhadingpost
अशोज २७, २०७६

धादिङ असाेज २७ । नेपाली काँग्रेस धादिङले गरेकाे चाडपर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रममा रक्तदान गरिएको छ ।
धादिङबेसीमा आईतबार आयाेजित काँग्रेस धादिङकाे दशै, तिहार, छठ, नेपाल सम्वतकाे उक्त शुभकामना आदान प्रदान कार्यक्रममा ३ महिला सिहत ३८ जनाले रक्तदान गरेका हन् ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति धादिङका सभापति रमेश धमलाले नेपाली काँग्रेस धर्म, जातजाति, भेष भूषा र संस्कृतिलाई संरक्षण गर्ने पार्टी भएको बताएका थिए ।

चियापान तथा शुभकामना कार्यक्रममा संघीय सांसद भूमी त्रिपाठी, प्रहरी नायव उपरीक्षक रुपक खड्का, नेपाली काङ्ग्रेस धादिङका पुर्व सभापति रामनाथ अधिकारी लगायत नेपाली काँग्रेस धादिङका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।