लगानीकाे सुरक्षा सरकारले लिन्छ -मन्त्री पण्डित

Avatar photo
Dhadingpost
अशोज २६, २०७६

धादिङ असाेज २६ । प्रवासमा रहेका नेपालीहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न र त्यसकाे पुर्ण सुरक्षाकाे ज्ञारेन्टी सरकारले लिने नेपाल सरकारका संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पन्डितले गरेका छन् ।

अन्तर्राष्ट्रिय धादिङ समाजकाे विश्व भेला तथा प्रथम अधिवेशनकाे प्रमुख अतिथि समेत रहेका मन्त्री पण्डितले विदेशी लगानीकाे लागि समेत हामी आव्हान गरि रहेकाे अवस्थामा प्रवासी नेपालीहरुकाे लगानीलाई सरकारले उच्च सम्मान गर्ने समेेत बताए ।

कार्यक्रममा संघीय संसद खेम लाेहनी,पुर्व मन्त्री कल्पना धमला, दिलमान पाख्रीनकाे विशेष आतित्थ्यता रहेकाे थियाे ।

समाजका अध्यक्ष नानुकाजी अर्यालकाे सभापतित्वमा भएकाे यस कार्यक्रममा एनआरएनएका उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, सह काेषाध्यक्षका प्रत्यासी लाेक दाहाल, नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला, नीलकण्ठ नगरपालिकामा प्रमुख भिम ढुङ्गाना, नेकपा नेता गुरु बुर्लाकाेटी, रामबहादुर भण्डारी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।