नुवाकोट असोज २५ । नुवाकोटको किस्पाङ गाउँपालिकाका भाल्चेमा खुल्ला पुरुष फुटबल प्रतियोगिताकाे उपाधी भाल्चे युवा क्लवले जितेकाे छ ।
किस्पाङ स्थित कग्यू मोन्लम अहिंसावादी युवा क्लवले आयोजना गरेको बडा दशैं एवम् तिहार विशेष यस प्रतियोगितामा ३१ वटा प्रतिस्पर्धी टिमलाई पछि पर्दै भाल्चे युवा क्लव प्रथम भएकाे हाे ।
प्रतियाेगितामा गंगा जनसेवा युवाक्लव द्वितिय र कग्यू युवा क्लव सान्ताेना भएका थिए ।
विजेताहरुलाई क्रमश प्रथम पुरस्कार ५५ हजार ५५५ र द्वितिय ३३ हजार ३३३ प्रदान गरिएको थियाे ।
बृहत साँस्कृतिक कार्यक्रमका साथ क्लवका अध्यक्ष सजिव सेने तामाङकाे सभापतित्वमा भएकाे समापन गरिएकाे उक्त फुटबल प्रतियाेगिताकाे प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष चित्र लामा, वडा अध्यक्ष आईता घले, युवा नेता साे वहादुर तामाङकाे विशेष आतिथ्यता रहेकाे थियाे ।




