एनआरएनएको चुनाव नजिकियो, धादिङका चार उम्मेदवार

Avatar photo
Dhadingpost
अशोज २५, २०७६

धादिङ असोज २५ । गैर आवसायी नेपाली संघ (एनआरएनए) को नवौं महाअधिवेशन नजिकिए सँगै धादिङ जन्मस्थान भएका चार जनाले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

यहि असोज २९ र ३० गते काठमाडौमा सम्पन्न हुने नवौं महाधिवेशनमा धादिङ बुढाथुममा जन्मिएका बेल्जियम निवासी समाज सेवी अभियान्ताको रुपमा आफ्नो परिचय बनाएका लोक प्रसाद दाहालले सह-कोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

बेल्जियमका पूर्व अध्यक्ष समेत रहेका दाहालले नेपालका दुर दराजमा पुगी शिक्षा स्वास्थ्य र गरिवि निवारणका महत्वपूर्ण सहयोग गर्दै आएका छन् ।

यस्तै सामाजिक सुरक्षा सहितको वैदेशिक रोजगारी नारा बोकेर मनोजकुमार श्रेष्ठ (गोर्खाली) ले मध्यपूर्वको संयोजक पदको लागि उम्मेदवारी घोषणा गरि चुनावी मैदानमा देखिएका छन् । मध्यपूर्वी देशहरूमा इजिप्ट, इराक, जोर्डन, कुवेत, लेबनान, ओमन, बहराइन कतार, साउदी अरेबिया र युएई पर्दछन् ।

नवौं विश्व सम्मेलनका लागि युएई बाट एनआरएनएको अभियनमा होमिएका ‘गोर्खाली’ बेनिघाट रोराङ गाउँपालिका ५ मा जन्मिएका हुन् ।

यसैगरी ३ वटा उप संयोजक रहने युरोपबाट धादिङ मैदीमा जन्मिएका बालकृष्ण श्रेष्ठ र धुवाकोटका कृष्ण तिमल्सिनाले युरोप उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।