मोटरसाईकल दुर्घटनामा रमेश धमला घाईते

Avatar photo
Dhadingpost
अशोज २५, २०७६

धादिङ असोज २५ । नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला मोटर साईकल दुर्घटना हुँदा घाईते भएका छन् ।

धादिङबेसीबाट निलकण्ठ नगरपालिका वडा नम्बर १३ साङ्कोष, खुरपाखोलामा भएको एक कार्यक्रम सकेर फर्कदै गरेका सभापति धमला शुक्रबार बेलुका ५ः०० बजे मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका हुन् ।

धादिङ अस्पतालमा सामान्य उपचार पश्चात् काठमाडौंको ग्राडी अस्पतालमा उपचारत धमलाको दाहिने खुट्टामा गम्भीर चोट लागेको बताईएको छ ।
तस्वीरः विमल