
धादिङ असोज २४ । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार बैदवार “उत्कष्ट प्रहरी कर्मचारी पुरष्कार” बाट पुरस्कृत भएका छन् ।
प्रहरी प्रधान कार्यालय काठमाडौँले शुक्रबार आयोजना गरेको ६४ औँ प्रहरी दिवसरको अवसरमा एसपी बैदवार पुरस्कृत भएका हुन् ।
प्रहरीको पेशागत मर्यादालाई आत्मसात गर्दै कुशल ब्यवसायिक क्षमता प्रदर्शन गरी अपराध रहित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेली उत्कृष्ट कार्य गरेकोमा भन्दै बैदवारलाई प्रहरी प्रधान कार्यालयले कदर स्वरुप “उत्कष्ट प्रहरी कर्मचारी पुरष्कार” प्रदन गरेको हो ।

