
गोपाल फ्युवा
धादिङ असोज २४ । खनियावास गाउँपालिका वडा नं. ३ मा रहेको छङगम गुम्बा ०७२ सालको भुकम्पले पुर्ण क्षेति भयो । क्षेति हुँदा जुन अवस्था थियो छङगम गुम्बा आज पनि त्यहि अवस्थामा छ ।
यहाँ देखिएको दृष्य छङगम गुम्बाको हो । गाउँपालिकाभरका भत्केका छङगम बाहेक सबै गुम्बा जेनतेन उठाएका छन् । तर छङगम गुम्बा २०७२ को भुकम्पले ढालेको ढलेको ढल्यै छ । संरचना मात्र हैन आस्था नै ढालेको भान भइरहेको छ ।
गुम्बामा फरफरिन कुनै लुङदर छैन । कहिल्यै सफा नगरेको यो गुम्बा देख्दा लाग्छ पहिला कसैले जवर्जस्ति बनाईदिएको हो कि । छैन कि लामा ? नभए ९९ इशाई भएको दाबी गर्ने ठाउँको गुम्बा जेनतेन श्रमदान गरेर उठाएको छङगम गुम्बा आज पनि किन जस्ता समेत उठाईएन ?

