
धादिङ असोज २२ । नेपालीहरुको विशेष पर्वको रुपमा लिईने दशैं पर्व धादिङका जनप्रतिनिधिहरुले कसरी मनाए उनीहरुको सामाजिक संजाल खोज्ने प्रयास गरेका छौं । माननिय संघीय संसद भुमि त्रिपाठी आफैले दशैंको टिका टाला गरेको फोटो फेसबुकमा पोष्ट नगरे पनि उहाँले टिका लगाई दिएको फोटो सन्देश त्रिपाठीले पोष्ट गर्नुभएको छ ।।
माननिय संघीय संसद खेम लोहनीले टिकाको दिनको फोटो सार्वजनिक गर्नुभएको छैन, भने माननिय डा. राजाराम कार्कीले बाबु आमाको हातबाट टिका ग्रहण गरेको फोटो फेसबुकमा अपलोड गर्नुभएको छ ।
प्रदेश संसद राजेन्द्र पाण्डे, शालिकराम जमकट्टेल र डा. रामकुमार अधिकारीले टिकाको दिनको फोटो सार्वजनिक गर्नुभएको छैन, भने फेसबुकबाट दशैंको शुभकामना भने दिनु भएको छ । यस्तै मजदुर संगठनको कामको सिलशिलामा जापान रहनुभएका प्रदेश संसद जगत सिंखडाले बाबु आमाको हातबाट टिका ग्रहण गर्न नपाए पनि जापानमा रहेका परिवार सदस्यलाई टिका लगाई दिएको फोटो फेसबुकमा पोष्ट गर्नु भएको छ ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले आफुहरुको दशैंको टिका बिहिबार मात्र हुने धादिङपोष्टलाई बताउनु भयो भने, धुनिबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले आफुले टिका लगायको/लगाई दिएको फोटो सार्वजनिक नगरे पनि टिका लगाएको फोटो भने फेसबुकका पोष्ट गर्नु भएको छ ।
गजुरी गाउँपलिका प्रमुख राजेन्द्र विक्रम बस्नेतले यस वर्ष दशैको टिका लगाउन नभए पनि भन्दै परिवारका सदस्यहरु बीच खुसी साटा साट गरेको फोटो भने फेसबुकमा पोष्ट गर्नु भएको छ ।
बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख हरि डल्लाकोटीले दशैमा परिवार सँगै रहको फोटो कुनै अपलोड गरेको नदेखिए पनि उहाँ परिवारको साथमा दशै मनाएको जुना पुरीले फोटो पोष्ट गर्नु भएको छ । गजुरी गाउँपालिका प्रमुख राजेन्द्र विक्रम बस्नेतले यस वर्ष दशैको टिका लगाउन नभए पनि भन्दै परिवारका सदस्यहरु बीच खुसी साटा साट गरेको फोटो भने फेसबुकमा पोष्ट गर्नु भएको छ ।
ज्वालामुखी गाउँपालिकाका प्रमुख विनोदराज तिमल्सेना, त्रिपुरासुन्दरी गाँउपालिका प्रमुख शम्भु थापा, नेत्रावती डबजोङ गाउँकार्यपालिका प्रमुख दुर्गकुमार शाक्य, रुवी भ्याली गाउँपालिका प्रमुख चेरुङ तामाङ, गंगाजमुना गाउँपालिका प्रमुख बलबहादुर अधिकारीले टिकाको दिनको फोटो आफ्नो सामाजिक संजालमा पोष्ट गरेको भेटिएन ।
खनियाबास गाउँपालिकाका प्रमुख रणबहादुर तामाङले आफ्नो फेसबुक प्रोफाई फोटो नै रंगिन बनाएर शुभकामना दिए पनि टिकाको फोटो भने अपलोड गरेको भेटिएन ।
यस्तै सिद्धलेक गाउँपालिकाका प्रमुख प्रेमनाथ सिलवाल, गल्छी गाउँपालिकाका प्रमुख कृष्णहरि श्रेष्ठ, थाक्रे गाउँपालिकाका प्रमुख रामकुमार आचार्यले पनि आफ्नो फेसबुकमा दशै टिकाको फोटो पोष्ट गरेको भेटिएन ।





