नेकपा धादिङका नेता धनबहादुरको निधन

Avatar photo
Dhadingpost
अशोज २१, २०७६

धादिङ असोज २१ । धादिङ ज्वालामुखि गाउँपालिका ५ छापथोक गैरी निवासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका नेता धनबहादुर थापाको असामहिक निधन भएको छ ।

दशैंको नवमीको दिन (सोमबार) बेलुका एक्कासी वान्ता गरेपछि जिल्ला अस्पताल पुर्याईएका ३६ वर्षका थापालाई अस्पतालमा मृत घोषणा गरिएको बताईएको छ ।

दिनभर सकसशल रकेका उनी साँझमा भने कस्तो असजिलो भएको विरामी भईएला जस्तो छ भनेर भनेको केहि वेरमा बान्ता गरे सँगै वेहोस भएको पारिवारिक स्रोतले बतायो ।

उनी अनेरास्ववियुका पुर्व अध्यक्ष, पूर्व नेकपा एमालेका जिल्ला कमिटी सदस्य र हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धादिङका नेता थिए ।