
धादिङ असोज २० । नेपालीहरुले बडादसैं धुमधामले मनाई रहेका छन् । आज नवौँ दिन आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाउने गरिन्छ ।
केहि बर्ष देखि महानवमीको दिन साथीभाई भेटघाट र साँस्कृतिक उत्सवको रुपमा पनि मनाउने गरिन्छ । गाउँ-गाउँ टोल टोलमा भेटघाट तथा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम पनि नवमीको अवसरमा हुन्छ ।
धार्मिक विधि अनुसार घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा महानवमीका दिन शक्तिपीठहरूमा चढाउने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

