धादिङको ग्रामिण क्षेत्रमा समेत बजार अनुगमन

Avatar photo
Dhadingpost
अशोज १८, २०७६

धादिङ असोज १८ । धादिङको ग्रामिण क्षेत्रमा पर्ने नेत्रावती गाउँपालिका क्षेत्रमा रहेका बजार शुक्रबार अनुगमन गरेको छ ।

गाउँपालिकाका उप प्रमुख उर्मिला तामाङ गुरुङ नेतृत्वमा भएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यपदार्थहरु बरामद समेत बरामद गरिएको थियो ।

अनुगमनका क्रममा वडा नं. ३ भित्रका पसलहरु हेरिएको र आगामी दिनमा गाउँपालिकाका सबै वडाहरुमा अनुगमन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्र रहेका मासु पसलहरु, किराना तथा अन्य सबै प्रकारका बिक्री केन्द्रहरुमा समेत सरसफाई तथा मुल्यमा एकरुपता ल्याउन अनुगमनका क्रममा व्यवसायीहरुलाई उप प्रमुख गुरुङ बताएकी थिईन् ।