
धादिङ असोज १६ । धादिङका पूर्व क्रिकेटर दिपेश कंडेल खेलकुद विकास समितिको अध्यक्षमा चयन भएका छन् ।
बेनिघाट रोराङमा बन्न लागेको क्रिकेट खेल मैदान निमार्ण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका कंडेल बेनिघाट रोराङ वडा नं. ५ खेलकुद विकास समितिको अध्यक्षमा चयन भएका हुन् ।
महिला वडा सदस्य ईन्दिरा कंडेलको रहोवरमा बुधबार भएको उक्त भेलाबाट सचिवमा सुमन सुनार, कोषाध्यक्षमा रेस्मा रेग्मी र सदस्यहरुमा राजन श्रेष्ठ, सुजन पोख्रेल, अमृता श्रेष्ठ र सल्लाहकारमा रामहरी विसुराल, सुरज पाण्डे, सुरज श्रेष्ठ चयन भएका छन् ।

