
काठमाडौं असोज १४ । सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।
आइतबार साँझ संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीले महरा माथि बलात्कारको आरोप लगाए सँगै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी महराले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानविन प्रकृयामा सघाउ पुर्याउनुपर्ने सुझाव दिने निर्णय गरेको थियो ।


