
धादिङ, असाेज १४ । धादिङ धादिङको पुरानाे सदरमुकाम एवम् पर्यटकीय गन्तव्यकाे रुपमा विकास हुँदै गरेकाे सुनाैलाबजार टुडिखेलमा क्रीकेट मैदान बनाउने पहल सुरुभएकाे ।
प्राकृतिक सुन्दरताले रमणिय सुनाैलाबजार पुरानो धादिङ सदरमुकाममा क्रीकेट मैदान निर्माणकाेे तयारीका लागि अवलाेकन गर्न प्रदेश सभा सदस्य डा.रामकुमार अधिकारी साेमबार सुनाैलाबजार पुगेका थिए ।
प्रदेश सदस्य अधिकारी सहित नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी (शैलेस) र निलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष उद्धव प्रसाद रिजाल लगाएत स्थानीय समाजसेवी, नागरिक समाज र प्राविधिक टोलि सहित स्थलगत निरिक्षण पुगेका थिए ।
अवलाेकन पछि प्रदेश सदस्य अधिकारीले नगरपालिकाकाे सहकार्यमा डिपिआरको प्रकृया अगाडि बढाउन प्राविधिकलाई निर्देशन दिएका छन् ।

