सेमजोङबाट धादिङबेसी आउँदै गरेको बस दुर्घटना

Avatar photo
Dhadingpost
अशोज १२, २०७६

धादिङ असोज १२ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङबाट धादिङबेसी आउँदै गरेको यात्रु बहाक बस नीलकण्ठ १३ स्थित केरौजामा दुर्घटना भएको छ ।

आईतबार बिहान करिव साढे ८ बजे तिर सेमजोङबाट धादिङबेसि आउदै गरेको बा ४ ख ५७९३ नम्बर यात्रु बाहाक बस अनियन्त्रि भई दुर्घटना भएको थियो ।

बसमा सबार ५ जना घाईते मध्य ३ जनाको अवस्था गम्भीर रहेको स्थानिय सुरज श्रेष्ठले धादिङपोष्टलाई बताए ।

घाईतेको विवरण
१. धादिङ जिल्ला नेत्रावती गाउँपालिका वडा न ५ को बर्ष ५८ को दल ब तामाङ (गम्भिर)
२. नेत्रावती गाउँपालिका बस्ने वर्ष ६९ हस्त कुमारी तामाङ (गम्भीर)
३. नेत्रावती गाउँपालिका बस्ने २० कि लक्ष्मि गुरुङ सामान्य
४. नेत्रावती गाउँपालिका बस्ने वर्ष,४५ को चेन्डे दमाई (गम्भीर)
५. नेत्रावती गाउँपालिका बस्ने वर्ष ६० कि सान्त माया गुरुङ (गम्भीर)