कांग्रेस काठमाडौँ-ज्वालामुलीको अध्यक्षमा छत्कुली

Avatar photo
Dhadingpost
अशोज १२, २०७६

धादिङ असोज १२ । नेपाली कांग्रेस काठमाडौँ ज्वालामुली सम्पर्क समितिको प्रथम अधिवेशनले किरण छत्कुलीको अध्यक्षतामा २३ सदस्यिय कार्य समितिको गठन गरेको छ ।

नेपाली काँगेस धादिङका सभापति रमेश धमलाको प्रमुख आतिथ्यतामा शनिबार भएको उक्त अधिवेशनले उपाध्यक्षमा रामबाबु अधिकारी, प्रकाश अर्याल, सरिता राना र अर्जुन भट्ट चयन छ ।

त्यसै गरि सचिवमा सन्तोष भट्ट र ज्योती तामाङ चयन भएका छन् । कोषाध्यक्षमा देवी आले र सदस्यहरुमा तुलसीप्रसाद काप्री, धर्म राना, जनक तिमल्सेना, गुना सिल्वाल, शिव दनै, अम्विका अर्याल, उमेश भट्टराई, अम्विका कट्टेल, सन्तोष खनाल, पशुपती घिमिरे, रामकुमार श्रेष्ठ, दिलबहादुर कुमाल चयन भएका छन् । बाँकी ३ सदस्य पनि छिट्टै मनोनित गरिने नरेन्द्र भट्टले धादिङपोष्टलाई जानकारी दिए ।

नेपाली काँग्रेस धादिङका नेता शिवराज अधिकारी, भिमप्रसाद ढुङ्गाना, विनोद तिमल्सिना लगायतका नेताहरुको विशेष आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा नेकपा प्यानलका अध्यक्षलाई पराजित गर्दै टानमा केहि दिन अघि अध्यक्षमा निर्वाचित भएका ज्वालामुखी गाउँपालिकाका सुम सुवेदीलाई जिल्ला सभापति धमलाले दो सल्ला ओढाए् बधाई दिएका थिए ।

धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाबाट काठमाडौँ आई बसोबास गर्ने नेपाली कांगेस प्रति आस्थावानहरुको सम्पर्क समिति गठन गर्नको लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितीले जिल्ला सदस्य नरेन्द्र भट्टलाई प्रतिनिधिको रुपमा जिम्मेवारी दिएको छ ।