
धादिङ असोज १० । प्रकृति मानव केन्द्रित जनअभियान नेपाल धादिङ युनिटले धादिङबेशी तथा राजमार्ग क्षेत्रमा कालाबजारी र मिसावट नियन्त्रण गर्न दवाव दिएको छ ।
बजारमा दुध, मासु, फलफूल, तरकारी, पेय तथा खाद्यपदार्थ लगायत दैनिक उपभोग्य वस्तुहरुमा कालाबजारी अखाद्य तत्व मिसावट गरी विक्री वितरण गरिएको पाईएकोले तत्काल नियन्त्रण गर्न धादिङ युनिटले जिल्ला प्रशासनलाई दवाद दिएको हो ।
दशैंको मुखमा बजारमा खुलेआम कालाबजारी भेटिएको र राजमार्गमा क्षेत्रमा अखाद्य पदार्थ मिसावट गरिएको पाईएकोले अनुगमन गरि कार्वाहीको दायरामा ल्याउनु पर्ने प्रकृति मानव केन्द्रित जनअभियान नेपाल धादिङ युनिट धादिङका अध्यक्ष शिव रापकोटाले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको उक्त विज्ञप्तीमा भनिएको छ- आज धनको लोभमा खेती खाद्य, उद्योग र बजार व्यवस्थामा समेत मानव स्वास्थ्य बिरोधी रसायन, विषाधी तथा अखाद्य तत्वहरु मिसावट गर्ने प्रवृति बढ्दै गएको छ । त्यस वाहेक विषाक्त हावा, अशुद्घ पिउने पानी, विषाक्त खेती समेत भै रहँदा आज पर्यावरणको मूल्य निकै गिरेको छ । जसले पृथ्वीमा रहेका मानव तथा अन्य जिवहरुको प्राण बचाउन समेत मुस्किल पर्दै गैरहेको अवस्था छ ।
जसको कारणले आज मानव समाजमा नसर्ने रोगहरु जस्तै मस्तिष्क घात, हृदयघात, सुगर, प्रेसर, विभिन्न फ्लुहरु महामारी जस्तै फैलँदै गएको छ भने कैयौ प्राणीहरु लोप हुने अवस्थामा छन् । प्रकृति र मानव बिरोधी आजको विकास प्रक्रियाको कारणले पनि मानव लगायत विभिन्न प्राणीहरु, हावा, पानी, माटो, वन जंगल, वगर ढिस्को, सार्वजनिक जग्गा, पानीको मुहान समेत जोखिममा परेका छन् ।
शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष सापकोटाले शुद्ध हावा, शुद्घ पानी, शुद्ध भोजन पाउनु पर्ने मानिसहरुको मौलिक अधिकार विपरित कालाबजारी बजारमा अखाद्य तत्वको विगविगी हुनु चिन्ताको विषय भएको बताएका हुन् ।

